पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ।
पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले प्रहरीले सो आग्रह गरेको हो।
बालबालिकाको हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीलाई यस्ता वस्तुबाट टाढा राख्नाका साथै अभिभावकले विशेष निगरानी र सचेतना अपनाउन प्रहरीको अनुरोध छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन प्रहरी परिचालन भइरहेको जानकारी दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।