अन्तर्राष्ट्रिय

ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।

सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बीबीसीले गरेको आग्रह अस्वीकार गरेपछि ट्रम्पको मानहानिसम्बन्धी दाबीमाथि सुनुवाइको बाटो खुलेको हो ।

ट्रम्पले सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन् ।

विज्ञापन

उक्त सम्पादनका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गर्दै उनले बिबिसीसँग कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।

सङ्घीय न्यायाधीश जेफ्री टी कुन्जले ट्रम्पको मानहानिसम्बन्धी दाबीलाई अघि बढाउन अनुमति दिए । तर, फ्लोरिडाको उपभोक्ता संरक्षण कानूनअन्तर्गत गरिएको दाबी भने खारेज गरेका छन् ।

बिबिसीले विवादित वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ । यद्यपि, त्यसबाट ट्रम्पलाई वास्तविक क्षति पुगेको भन्ने दाबीलाई संस्थाले अस्वीकार गर्दै आएको छ ।

अदालतको निर्णयपछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ को संज्ञा दिए । उनले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध आफूले लडाइँ जारी राख्ने बताए ।

यसअघि अदालतले ट्रम्पलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो । तोकिएको समयमा बयान दिन उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत अदालतले दिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।