अन्तर्राष्ट्रिय

आईफोनका पार्ट्स बनाउने कम्पनीमा यसरी भयो तीन कामदारको मृ`त्यु

भारतको तमिलनाडुस्थित एप्पलका आईफोनका पार्ट्स उत्पादन गर्ने टाटा इलेक्ट्रोनिक्सको कारखानामा विषाक्त ग्यासको असरले तीन कामदारको मृत्यु भएको छ।

सोमबार साँझ कारखानाको फोहोर पानी प्रशोधन गर्ने ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो। मृतक २५ देखि ३२ वर्ष उमेरका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कृष्णागिरी जिल्लाको वन्नियापुरमस्थित कारखानामा एक कामदारले ट्यांकीभित्र हेर्ने क्रममा विषाक्त ग्यासको असरले बेहोस भएका थिए। उनलाई बचाउन गएका अन्य दुई कामदार पनि एकपछि अर्को गर्दै ढलेका थिए।

विज्ञापन

घटनास्थलमा रहेका अर्का कामदारले खबर गरेपछि तीनै जनालाई उद्धार गरी अस्पताल लगिएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा विषाक्त ग्यासका कारण मृत्यु भएको आशंका गरेको छ। पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण पुष्टि हुने जनाएको छ।

जिल्ला प्रशासनले घटनाबारे अनुसन्धान गरिरहेको छ। तमिलनाडु प्रदूषण नियन्त्रण बोर्ड र औद्योगिक सुरक्षा अधिकारीहरूले पनि कारखानाको निरीक्षण गरिरहेका छन्।

कामदारका लागि उचित सुरक्षा व्यवस्था नअपनाइएको जिल्ला कलेक्टर सी दिनेश कुमारले बताए। सुरक्षा व्यवस्था पर्याप्त भएको पुष्टि नभएसम्म फोहोर पानी प्रशोधन केन्द्र सञ्चालन गर्न रोक लगाइएको छ।

उक्त कारखानामा एप्पलका आईफोनका पार्ट्स उत्पादन गरिन्छ। घटनाबारे टाटा, एप्पल र राज्यका अधिकारीहरूले पनि अनुसन्धान गर्ने जनाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।