विज्ञापन
समाज

जुवाडे खोज्न प्रहरीले रातभर चलायो अपरेसन

प्रहरीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जुवाडे पक्राउ गर्न आइतबार रातभर अपरेसन चलाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटा आफै जुवाडे पक्राउ गर्न फिल्डमा खटिएका थिए । प्रहरीले एकैरात वीरेन्द्रनगरका विभिन्न स्थानबाट ३५ जनालाई नियन्त्रणमा लिएको छ । डिआइजी सापकोटा आफै वीरेन्द्रनगर–४ स्थित मुलपानी चोकमा स्थानीय सुशील भारतीको घरमा छापाहान्न पुगेका थिए ।

त्यहाँबाट प्रहरीले चार लाख एक हजार ४८६ नगदसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–९ का ३८ वर्षीय मदन वली, वीरेन्द्रनगर–१० का ३३ वर्षीय मानसिंह रम्तेल, वीरेन्द्रनगर–४ का ३५ वर्षीय सुशील भारती, वीरेन्द्रनगर–३ का ४० वर्षीय कमल खड्का, ४३ वर्षीय सन्तोष शाही, ४२ वर्षीय अमरबहादुर खड्का, ४० वर्षीय चेतन गिरी, ३५ वर्षीय कुशुम रावल, वीरेन्द्रनगर–७ का ४५ वर्षीय नगेन्द्र अधिकारी, वीरेन्द्रनगर–४ का ३० वर्षीय करण शाही, वीरेन्द्रनगर–९ का ३२ वर्षीय भक्त थापा र बर्दिया बाँसगढी–९ का अर्जुन शाही पक्राउ परेका छन् ।

वीरेन्द्रनगर–६ बुद्धपथस्थित खिमराज काफ्लेको घरमा पनि डिआइजी सापकोटा आफै पुगेका थिए । त्यहाँबाट प्रहरीले पाँच हजार आठ सय नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ३५ वर्षीय रोहित गिरी, राजन शर्मा, विक्रम नेपाली, भरतन गुरुङ र हेमन्त नेपालीलाई पक्राउ गरिएको छ ।

विज्ञापन

यस्तै वीरेन्द्रनगर–१० बुलबुले चोकस्थित डिलाराम गिरीको घरबाट १० जना जुवाडेसहित प्रहरीले एक लाख एकासी हजार नगद नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार घरधनी गिरीसहित वीरेन्द्रनगर– १० का ४० वर्षीय अर्जुनजंग शाही, वीरेन्द्रनगर–४ का ५१ वर्षीय अर्जुनबहादुर शाही , वीरेन्द्रनगर–५ का ६० वर्षीय राजु गुरुङ, वीरेन्द्रनगर–९ का ४९ वर्षीय केशबराज गिरी, वीरेन्द्रनगर– ५ का ३५ वर्षीय बिकाश शाही, ५० वर्षीय नारायण जिसी, वीरेन्द्रनगर–६ का ५१ वर्षीय मधु शर्मा छन्।

यस्तै वीरेन्द्रनगर–३ गण्डकीलाइनबाट आठ जना जुवाडेसहित तीन लाख ७७ हजार ८५० नगद प्रहरी नियन्त्रणमा लिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार रातभर गरेको अपरेसनका क्रममा गण्डकीलाइनबाट आठ जना जुवाडेसहित नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।