अर्थतन्त्र

जुम्लामा चार महिनामा आठ लाख राजस्व

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा आठ लाख सात हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण, खारेजी, प्रतिलिपि र विवरण संशोधनबापत कार्यालयले उक्त राजस्व संकलन गरेको हो। कार्यालय प्रमुख टंकप्रसाद न्यौपानेका अनुसार उद्योगतर्फ ६ लाख १३ हजार तीन सय ५० रुपैयाँ र वाणिज्यतर्फ एक लाख ९३ हजार छ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ।

चार महिनाको अवधिमा उद्योगतर्फ एक सय ८८ वटा नयाँ उद्योग दर्ता भएका छन्। तीन सय ३४ वटा नवीकरण, एक सय ८० वटा खारेजी, एक सय ४२ वटा प्रतिलिपि र ८५ वटा विवरण संशोधन भएका छन्।

विज्ञापन

त्यस्तै, वाणिज्यतर्फ ६१ वटा फर्म दर्ता, ५८ वटा नवीकरण, १८ वटा विवरण संशोधन, ५२ वटा खारेजी र २७ वटा प्रतिलिपि जारी गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख न्यौपानेले निर्धारित लक्ष्यअनुसार राजस्व संकलन भएको बताउँदै नियमित सेवा प्रवाहसँगै चालु आर्थिक वर्षका कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार यस वर्ष सीपमूलक तथा रोजगारीमूलक कार्यक्रम, स्थानीय कच्चा पदार्थमा आधारित तालिम र निजी रोजगारदातासँगको सहकार्यमा सीप विकास तालिम सञ्चालन गरिनेछ।

उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनका लागि कार्यालयले बजार अनुगमनलाई पनि निरन्तरता दिएको छ। चालु आर्थिक वर्षमा हालसम्म तीन पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा १६ लाख दुई हजार पाँच सय २५ रुपैयाँ राजस्व संकलन भएको थियो। जुम्लामा हालसम्म चार हजार आठ सय ३० वटा उद्योग दर्ता भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।