समाज

चालु आवमा ताप्लेजुङबाट जारी भयो पहिलो गैर आवासीय नेपाली नागरिकता

ताप्लेजुङबाट चालु आर्थिक वर्ष २०८३/८४ को यो अवधमिा पहिलो गैर आवासीय नेपाली नागरिकता जारी भएको छ।

साउन, भदौ र असोजमा जारी नभएको गैर आवासीय नेपाली नागरिकता कार्तिक महिनामा एक थान जारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिए। आव २०८२/८३ मा भने एक जनाले पनि गैर आवासीय नेपाली नागरिकता लिएका थिएनन्। सो भन्दा अघिल्लो आवमा भने ८ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका थिए।

कार्तिकमा जिल्ला प्रशासन कार्यालयबाट एक थान पनि वैवाहिक अंगीकृत नागरिकता जारी नभएको प्रशासन कार्यालयले जनाएको छ। कार्तिक बाहेक चालु आवको तीन महिनामा भने ५ थान वैवाहिक अंगीकृत नागरिकता जारी भएको छ।

विज्ञापन

चालु आवमा ८ सय ५६ थान नयाँ नेपाली नागरिकता जारी हुँदा ८ सय १६ थान नागरिकताको प्रतिलिपी जारी भएको छ। कार्तिकमा ३ सय ७१ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा २ सय ३६ जनाले राष्ट्रिय परिचयपत्रको रुजु विवरण हराई खोजीका लागि आवेदन दिएका छन्। ३९ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन निवेदन दिएको समेत प्रशासन कार्यालयले जनाएको छ।

कार्तिकमा प्रशासन कार्यालयबाट १ सय १२ जना राहदानीका अनलाइन फारम निःशुल्क रूपमा भरिएको छ भने नागरिक सहायता कक्षबाट कार्यालयमा प्रयोग हुने विभिन्न कागजातका २ सय ५० थान प्रतिलिपि निःशुल्क उपलब्ध गराइएको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।