पोखरा महानगरपालिका–१८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ।
बिहीबार करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका बेला अचानक माटो खसेर उनीहरू पुरिएका थिए। दुर्घटनामा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाल परेका थिए।
माटोमा पुरिएर घाइते भएका दुवै जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको टोलीले स्थानीयको सहयोगमा माटो पन्छाएर दुवै जनाको उद्धार गरेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।