ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कुलमान भन्छन्- हामीले पद मागेका थिएनौं, रास्वपाले धोका दियो

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको पार्टी एकीकरणको सहमति एकतर्फी रूपमा भङ्ग गरिएको आरोप दोहोर्‍याएका छन्।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले सहमति भएको १२ दिनपछि रास्वपाले एकतर्फी रूपमा एकता प्रक्रिया टुङ्ग्याएको दाबी गरे।

पार्टी एकीकरणबाट पछि हट्न आफूहरूले पद वा ठूला माग अघि सारेको भन्ने भाष्यलाई भने उनले अस्वीकार गरे। ‘एकीकरणसम्बन्धी सहमति गरेर त्यसलाई कार्यान्वयन नगरी एकतर्फी रूपमा भंग गर्नु राजनीतिक रूपमा गम्भीर विषय हो,’ घिसिङले भने, ‘हामीले यसलाई राजनीतिक इमानदारी र सहमतिको संस्कृतिसँग जोडिएको विषयका रूपमा लिएका छौं।’

विज्ञापन

नयाँ दल गठन गर्नुअघि घिसिङले रास्वपाका शीर्ष तहका नेताहरूसँग एकीकरणबारे संवाद गरेका थिए। रास्वपासँग ठोस सहमति जुट्न नसकेपछि उनले छुट्टै उज्यालो नेपाल पार्टी गठन गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।