ब्रेकिङ न्युज
विज्ञापन
समाज

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने

सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ। कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो।

किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचयपत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अनधिकृत डा सञ्जीव पण्डितले जानकारी दिए । परिचयपत्र प्राप्त गर्ने किसानलाई कृषि बिमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ।

किसानले कति जमिनमा के कस्तो बाली लगाउँछन्, कति पशुपन्छी पाल्छन्, सिँचाइको अवस्था कस्तो छ, उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचयपत्र महत्त्वपूर्ण हुने बताए। सरकारले ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ तथा ‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ मार्फत यसको संस्थागत तथा प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याएको थियो।

विज्ञापन

केन्द्रले वास्तविक किसानको पहिचानका लागि सबै स्थानीय तहसँग समन्वय गरेको छ। किसानको खेतीयोग्य भूमि, सिँचाइ, बाली तथा पशुपन्छी उत्पादन, कृषि व्यवसायलगायतको तथ्याङ्क सङ्कलनका आधारमा उनीहरूलाई सूचीकृत कार्य पनि सञ्चालन भइरहेको छ।

कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन्। अहिलेसम्म २६ लाख बढी किसान सूचीकरणमा आबद्ध भएका छन्। बाँकी किसानलाई पनि सूचीकरण गर्ने काम जारी रहेको केन्द्रले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।