ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

काठमान्डु गोर्खाजको सद्‌भावना दूतमा मन्डेकाजी श्रेष्ठलाई पुनः निरन्तरता

नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले नेपाल प्रिमियर लिग (एनपिएल) को काठमान्डु गोर्खाजको सद्‌भावना दूतका रूपमा पुनः निरन्तरता पाएका छन् ।

एनपिएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले करातेका प्रशिक्षक मन्डेकाजीसँगै फुटबलर विकेश कुथुलाई सद्‌भावना दूतमा चयन गरेको हो ।

राष्ट्रिय कराते टोलीका प्रशिक्षक श्रेष्ठ जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा नेपाली कराते टोलीका प्रशिक्षकको भूमिकामा थिए । उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता पनि हुन् ।

विज्ञापन

गोर्खाजले खेलाडीलाई आफ्नो परिवारमा जोड्न पाउँदा खुसी लागेको जनाएको छ । पूर्वखेलाडी तथा प्रशिक्षक मन्डेकाजी श्रेष्ठले खेलकुदमा फरक भूमिकाबाट योगदान गर्न पाउँदा उत्साहित रहेको बताए ।

‘लामो समयदेखि नेपाली खेलकुदमा नै जोडिँदै आएका छौँ । पहिले खेलाडी थियौँ र अहिले प्रशिक्षक भएर नेपाली खेलकुदलाई योगदान दिइरहेका छौँ । तथापि, फरक विधा क्रिकेट खेलमा सद्‌भावना दूत भएर पछिल्लो समयमा फरक भूमिकामा काम गर्न पाउँदा उत्साहित छौँ । युवाहरूमाझ लोकप्रिय रहेको एनपिएल र फ्रेन्चाइज टोलीको उचाइ बढाउन सक्दो काम गर्नेछौँ,’ प्रशिक्षक मन्डेकाजीले भने ।

एनपिएल सिजन–३ यसै अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । काठमान्डु गोर्खाज पहिलो संस्करणमा प्लेअफ पुग्न सकेको थिएन ।

पहिलो संस्करणमा नेट रन रेटका आधारमा पछि पर्दै काठमान्डु पाँचौँ भएको थियो । तर दोस्रो संस्करणमा भने गोर्खाजले प्लेअफ खेल्यो । तथापि, इलिमिनेटरमा लुम्बिनी लायन्ससँग पराजित हुन पुग्यो ।

नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको तयारी तीव्र रूपमा अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।