नवलपुरको कावासोती नगरपालिका-११ लोकाहास्थित पूर्व-पश्चिम राजमार्गमा काठमाडौं आउँदै गरेको यात्रुवाहक बस पल्टिँदा २५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो।
दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।