ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्सले एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ।

दैलेखबाट हिकमत बहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट भएका हुन्। यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो।

सुर्खेतमा २ सय ६ र सल्यानमा १ सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी भएका थिए। कर्णाली याक्सका कन्सल्टेन्ट प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा ट्यालेन्ट हन्ट सम्पन्न भएको हो।

विज्ञापन

प्रशिक्षक बस्न्यातले अहिलेसम्मकै धेरै खेलाडीको सहभागिताले उत्साही भएको भन्दै खेलाडीको यो सङ्ख्याले कर्णालीमा क्रिकेट क्रेज बढेको संकेत गरे। साथै उनले अब तीन खेलाडीलाई क्याम्पमा राखिने र क्याम्पपछि १ खेलाडी कर्णाली याक्सको लागि अन्तिम छनोटमा पर्नेछ।

ट्यालेन्ट हन्टमा कर्णाली याक्सका खेलाडीहरू विपिन शर्मा, युनुस विक्रम सिंह, दिवान पुन, दीपेन्द्र रावत, सचिन शर्मा र सुर्य तामाङ तथ टिम एनालिष्ट रवि थापाको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।