राजनीति

एमालेको राष्ट्रिय भेला : अध्यक्ष ओलीले उद्घाटन गर्ने, १५ कामका बारेमा छलफल हुने

काठमाडौं नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ। काठमाडौंको बबर महलस्थित कार्की व्यांकेटमा विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएको छ। भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन्।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए। हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डाहरू अनुमोदन गरेको छ। जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा एकरूपता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुनेछन्।

विज्ञापन

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।