एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. (MAW VRIDHI COMMERCIAL VEHICLES PVT. LTD.) ले नेपालमा विगत लामो समयदेखि फोटोन ब्रान्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आइरहेको छ। बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा ईभी कमर्सियल (EV Commercial) क्षेत्रमा सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक सुविधासहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको हो। यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर
काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको छ। सर्भिस सेन्टरमा फोटोनको अन्तर्राष्ट्रिय संस्था (Foton International) बाट तालिमप्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहनेछ।

सर्भिस विस्तारसँगै फोटोन ब्रान्डले ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा र जेनेयुन पार्ट्स (Genuine Parts) को उपलब्धतासहित गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
बिक्रीपछिको सेवामा नवीन पहल
पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेनेयुन पार्ट्स (Genuine Parts) उपलब्धता, ब्याट्री परीक्षण तथा नियमित मर्मत–सम्भार र ड्राइभर तथा प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणालाई मध्यनजर गर्दै तयार गरिएको छ।
गुणस्तरीय सेवामा जोड दिँदै छिटो र प्रभावकारी रूपमा सवारीसाधनको मर्मत–सम्भार सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ। फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिलकुमार बरालले भने, “बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो। सवारीसाधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन। हरेक फोटोनका ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेनेयुन पार्ट्स (Genuine Parts) र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो।”
विशेषज्ञ प्राविधिक सेवा र जेनेयुन पार्टपुर्जाको सुनिश्चितता
नयाँ सर्भिस सेन्टरमा नेपालमा उपलब्ध फोटोनका विभिन्न सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणाली जडान गरिनेछ। फोटोनको अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक तथा इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, मर्मत–सम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछ।
सर्भिस सेन्टरमा फोटोनका सवारीसाधनका जेनेयुन पार्ट्स (Genuine Parts) पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित तथा व्यवस्थित रूपमा राखिनेछ। आवश्यक पार्ट्स सहजै उपलब्ध हुँदा मर्मत–सम्भारका क्रममा हुने अनावश्यक ढिलाइ कम हुने, सवारीसाधन छिटो मर्मत भएर ग्राहकलाई समयमै उपलब्ध गराउन सकिने तथा लामो समयसम्म सवारीसाधन सञ्चालनमा नआउँदा हुने असुविधा र व्यावसायिक क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ। ढिलाइ कम हुनुसँगै सवारीसाधन सर्भिस सेन्टरमा लाग्ने समय पनि घट्ने अपेक्षा गरिएको छ।
नेपालभर फोटोनको बिक्रीपछिको सेवा विस्तार
फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेका छन्। यसले ग्राहकको पहुँचमा गुणस्तरीय बिक्रीपछिको सेवा पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
राष्ट्रव्यापी विस्तार योजनाअन्तर्गत फोटोनले सन् २०२६ को अन्त्यसम्म पश्चिम नेपालका प्रमुख नगरहरूमा प्रत्येक १०० किलोमिटरको दूरीभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ।
ग्राहकलाई देशका विभिन्न स्थानमा सहज रूपमा गुणस्तरीय सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले फोटोनले आफ्नो सेवा सञ्जाल विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
पेप्सीकोलामा सञ्चालनमा आउन लागेको नयाँ सर्भिस सेन्टर फोटोनको बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा गरिएको महत्त्वपूर्ण लगानीका रूपमा रहेको कम्पनीले जनाएको छ। नयाँ सर्भिस सेन्टरले ग्राहकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै उनीहरूसँग दीर्घकालीन सम्बन्ध कायम गर्ने कम्पनीको प्रतिबद्धतालाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।
सञ्चालनमा आएपछि उक्त सर्भिस सेन्टरले काठमाडौं उपत्यकाका फोटोन ग्राहकलाई थप प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै कम्पनीको राष्ट्रव्यापी बिक्रीपछिको सेवालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।