अन्तर्राष्ट्रिय

एपेक सम्मेलनमा सी जिनपिंगले एसिया-प्रशान्त क्षेत्रका लागि दुई करोड डलर खर्च गर्ने घोषणा

चीनका राष्ट्रपति सी जिनपिंगले चीनको सेनजेनमा आयोजित ३३औँ एपेक आर्थिक नेताहरूको सम्मेलनमा स्वतन्त्र व्यापार, अर्थतन्त्रको विविधीकरण र डेटा व्यवस्थापनसम्बन्धी नियमहरूको समर्थन गरेका छन्।

सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सीले चीनको जरा एसिया–प्रशान्त क्षेत्रमा रहेको उल्लेख गर्दै यस क्षेत्रको सहकार्यलाई निरन्तर समर्थन गर्ने बताए।

उनले एसिया–प्रशान्त क्षेत्रको सहकार्यका लागि चीनले दुई करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गरे।

विज्ञापन

त्यस्तै, सीले चीनको सेनजेनमा एसिया–प्रशान्त अध्ययनका लागि एउटा केन्द्र स्थापना गर्ने पनि बताए।

सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिंगलगायत विश्व नेताहरूले सामूहिक तस्बिरसमेत खिचाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।