नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको हो।
जनकपुरका लागि कप्तान हरमित सिंहले २५ रन, विशाल सुस्लिङले १५ रन तथा सन्तोष कार्की र राहुल यादवले नटआउट १०/१० रन बनाए। अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन। जनकपुरले ४५ रन जोड्दा आफ्ना महत्त्वपूर्ण ६ विकेट गुमाएको थियो।
चितवनका लागि रन्जित कुमारले ३ विकेट लिए। मात्र ३ ओभर बलिङ गरेका उनले एक मेडनसहित २ रन दिएर ३ विकेट लिए। कमल ऐरी, सिकन्दर राजा र कामिल मिश्राको नाममा २ विकेट लिए । रिजन ढकालको नाममा एक विकेट रह्यो।

प्लेअफको सम्भावना कायमै राख्न आज दुवै टोलीलाई जित्नै पर्ने दबाब छ। पाँचौं स्थानमा रहेको चितवनको ५ र छैठौं स्थानमा रहेको जनकपुरको ४ अंक छ। जारी लिगमा जनकपुरको यो अन्तिम खेल हो भने चितवनले अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।