अन्तर्राष्ट्रिय

उड्दाउड्दै विमानमा प्राविधिक समस्या, दिल्लीमा आकस्मिक अवतरण

थाई एयरवेज इन्टरनेशनलको विमानमा प्राविधिक समस्या देखिएपछि भारतको नयाँ दिल्लीमा अवतरण गरिएको छ।

जर्मनीको म्युनिखबाट बैंककतर्फ उडेको एयरबस ए३५०-९०० विमानमा समस्या देखिएपछि पाइलटले सावधानीका रूपमा भारततर्फ मोड्ने निर्णय गरेका हुन्।

घटनापछि नयाँ दिल्लीमा रोकिएका यात्रुलाई बैंकक पुर्‍याउन थाई एयरवेजले सोमबार वैकल्पिक विमान पठाइएको जानकारी दिएको छ।

विज्ञापन

थाई एयरवेजका अनुसार शनिबार स्थानीय समयअनुसार दिउँसो १:३५ बजे म्युनिखबाट बैंककतर्फ उडेको उडान नम्बर टीजी९२५ मा उक्त समस्या देखिएको थियो।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘उडानका क्रममा प्राविधिक समस्या पहिचान भएपछि प्रमुख पाइलटले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिँदै सावधानीका रूपमा विमानलाई नयाँ दिल्लीमा अवतरण गराउने निर्णय गरे। विमान सुरक्षित रूपमा अवतरण भयो र सबै यात्रु सुरक्षित छन्।’

थाई एयरवेजले प्रभावित यात्रुका लागि आवासको व्यवस्था गरेको थियो। उनीहरूलाई बैंकक पुर्‍याउन सोमबार टीजी८४७९ नामको विशेष उडान नयाँ दिल्ली पठाइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।