विज्ञापन
राजनीति

‘इगो साँधेर पञ्चायती शैली नदेखाऊ, गगनलाई छुन सजिलो छैन’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई पक्राउ गर्ने आधार के हो भन्दै सरकारसँग प्रश्न गरेका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गैरकानुनी ढङ्गबाट सभापतिलाई पक्राउ गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।

सरकारले कुनै पनि कदम चाल्दा कानुनी आधार पुष्टि गर्नुपर्ने उल्लेख गर्दै महामन्त्री पौडेलले पूर्वाग्रह र इगो साँधेर राज्य संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिए।

विज्ञापन

सभापतिमाथि कानुनसम्मत र निष्पक्ष अनुसन्धान गर्न पार्टीले कहिल्यै नरोक्ने तर प्रतिशोधपूर्ण कदम स्वीकार्य नहुने उनको भनाइ थियो।

‘हाम्रो सभापतिमाथि छानबिन गर्न हामी रोक्दैनौं, तर अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्छ,’ पौडेलले भने, ‘नेपाली कांग्रेसको सभापतिलाई गैरकानुनी ढङ्गबाट पक्राउ गरेर अनि कांग्रेस हेरेर बस्छ ?’

उनले सरकारले प्रेस जगत र नागरिकमाथि त्रास सिर्जना गरेको आरोप लगाए। जुनसुकै बेला मिडिया हाउसमा प्रहरी पस्ने र पत्रकार तथा सम्पादकलाई समात्ने कामले पञ्चायत र शाही शासनको झल्को दिएको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रताको रक्षाका लागि कांग्रेस अग्रपंक्तिमा उभिने बताए।

प्रधानमन्त्रीसँग जोडिएका विषयमा उठेका प्रश्नहरूबारे पहिले सरकार जवाफदेही हुनुपर्ने पौडेलले माग गरे। बरामद गरिएका मोबाइल फोनहरू प्रहरीको नियन्त्रणबाट बाहिर पुग्ने अवस्थाले निष्पक्ष अनुसन्धानमाथि नै आशंका जन्माएको उनले औंल्याए।

यस्ता गैरजिम्मेवार कदमविरुद्ध संसद्का विषयगत समितिहरूमा आवाज उठाउन पार्टीको संसदीय दल र सांसदहरूसँग छलफल भएको महामन्त्री पौडेलले जानकारी दिए।

त्यस्तै, भोटेकोशी र त्रिशूली बाढीपहिरो प्रभावितको राहत तथा सहयोगबारे सांसद मोहन आचार्यको संयोजकत्वमा गठित समितिको बैठक शुक्रबार बस्ने उनले बताए।

साथै, महाधिवेशनपछिका संगठनात्मक काम अघि बढाउँदै सातवटै प्रदेशमा सहमहामन्त्रीहरूलाई जिम्मेवारी तोकेर अभियान चलाउने निर्णय भएको पनि उनले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।