राजनीति

आफूलाई प्रहरी हिरासतमा राख्नुको कारण खोज्दै ओलीको आक्रोश : हामी किरा फट्यांग्रा हौँ ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।

आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले राज्यले जे गरे पनि हुने अवस्था सिर्जना भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

‘अब आन्दोलनमा किन भने राज्यले जे गर्दा पनि भएको छ। आतंक सिर्जना गरिएको छ। आगो लगाए पनि हुने, धनसम्पत्ति सिध्याए पनि हुने, कपोलकल्पित ढंगले मान्छे गिरफ्तार गरे पनि हुने?’ ओलीले भने।

विज्ञापन

उनले पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरिएको विषयमा जवाफ दिनुपर्ने बताए। हिरासतमा राखिएका कारण आफ्नो शल्यक्रिया ढिलो भएको उल्लेख गर्दै उनले स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे।

‘केपी ओली पूर्वप्रधानमन्त्रीलाई किन गिरफ्तार? जवाफ दिनुपर्दैन? मान्छेको जीवन खेलवाड हो? अप्रेसन गर्नुपर्ने थियो। हिरासतमा राखेकोले अप्रेसन ढिलो भयो। उपचार नपाइ मेरो स्वास्थ्य तलमाथि परेको भए? हामी किरा फट्यांग्रा हौँ? यिनीहरूको लागि?’ उनले प्रश्न गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।