दैलेख दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेको समयमा उपचाररत ४१ वर्षीय रने शार्कीलाई अस्पतालले मृत घोषणा गरेको हो ।
आज बिहान करिब साढे पाँच बजे गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार विषादी सेवन गरेकी बिरामी कैसी शार्कीलाई अक्सिजनसहित उपचारका लागि सुर्खेत लैजाने क्रममा जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते भएका छन्। उनीसँगै सोही ठाउँका १८ वर्षीय गंग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल शार्की र २७ वर्षीया बिरामी कैसी शार्की घाइते भएका छन्।
घाइते सबैको सुर्खेतमा उपचार भइरहेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।