विज्ञापन
अर्थतन्त्र

अक्टोबरमा अमेरिकी पर्यटकको आगमन आठ वर्षयताकै उच्च

नेपालमा अमेरिकी पर्यटकको आगमनले यस वर्ष अक्टोबरमा उल्लेख्य वृद्धि हासिल गरेको छ। मुलुकमा पटकपटक विपद्का घटना भए पनि अमेरिकी पर्यटकको आगमन सन् २०१८ यताकै उच्च भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका अनुसार अक्टोबरमा हवाई मार्ग हुँदै १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२५ को अक्टोबरमा १ लाख २८ हजार ४३३ पर्यटक आएका थिए। गत वर्षको सोही महिनाको तुलनामा यसपटक पर्यटक आगमन ३.४ प्रतिशतले बढेको हो।

बोर्डको अनुसन्धान विभागका प्रमुख लक्ष्मण गौतमका अनुसार अक्टोबरमा १७ हजार ४३७ अमेरिकी पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०१८ यताकै उच्च हो। अक्टोबरमा पर्यटक आगमनका हिसाबले अमेरिका पहिलो स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा झरेको छ। यसअघि प्रायः भारतीय पर्यटकको आगमन सबैभन्दा बढी हुने गरेको थियो।

विज्ञापन

‘समग्र पर्यटन क्षेत्रलाई नै अचम्मित पार्ने गरी यसपटक अमेरिकी पर्यटकको आगमन बढेको छ। भारतीय पर्यटकको आगमनलाई समेत उछिन्दै अमेरिकी पर्यटकको संख्या पहिलो स्थानमा पुगेको छ,’ गौतमले भने, ‘भारतीय पर्यटकको आगमन प्रभावित भएका बेला अमेरिकी पर्यटकको संख्या बढ्दा समग्र आगमनमा पनि वृद्धि भएको हो।’

गौतमका अनुसार नेपालमा अमेरिकी पर्यटकको आगमन सामान्यतया तेस्रो स्थानमा रहने गरेको थियो। सन् २०१८ सम्म प्रायः दोस्रो स्थानमा रहने अमेरिकी पर्यटकको संख्या चिनियाँ पर्यटकको आगमन बढेपछि तेस्रो स्थानमा झरेको थियो। यसपटक भने भारतीय पर्यटकको आगमन घटेको र अमेरिकी पर्यटकको संख्या उल्लेख्य बढेकाले अमेरिका पहिलो स्थानमा पुगेको उनले बताए।

‘हामीले अपेक्षा गरेभन्दा बढी सुधार हुने गरी अमेरिकी पर्यटकको आगमन भएको छ,’ गौतमले भने।

बोर्डको तथ्यांकअनुसार अक्टोबरमा १२ हजार ९७ भारतीय पर्यटक नेपाल आएका छन्। त्यस्तै, ११ हजार ६९५ चिनियाँ पर्यटकसहित चीन तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको बेलायतबाट ९ हजार ३८५ र पाँचौँ स्थानमा रहेको अस्ट्रेलियाबाट ९ हजार ३५३ पर्यटक नेपाल आएका छन्।

अक्टोबरमा नेपाल आएका विदेशी पर्यटकमध्ये ३०.०२ प्रतिशत युरोपेली मुलुकका छन्। एसियाली मुलुकको हिस्सा २० प्रतिशत, सार्क मुलुकको १८ प्रतिशत र अमेरिकी पर्यटकको हिस्सा १६ प्रतिशत रहेको पर्यटन बोर्डले जनाएको छ।

तस्बिर क्याप्सन: गण्डकी क्षेत्रमा घुमघाम गरिरहेका विदेशी पर्यटक। तस्बिरः नागरिक

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।