एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत यूएईविरुद्धको खेलमा भारत ‘ए’ का वैभव सूर्यवंशीले ४० बलमै १५१ रन प्रहार गरेका छन्।
कतारको दोहामा जारी ५० ओभरको खेलमा उनले ३७७.५० को स्ट्राइक रेटमा विस्फोटक ब्याटिङ गर्दै २० छक्का र ६ चौका प्रहार गरेका हुन्।
सूर्यवंशीको आक्रामक ब्याटिङको मद्दतमा २५० रनको लक्ष्य पछ्याइरहेको भारत ‘ए’ ले १० ओभरको समाप्तिमा २ विकेट गुमाएर १८३ रन बनाएको छ।

यसअघि सूर्यवंशीले २८ बलमै कीर्तिमानी शतक पूरा गरेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।