खेलकुद

पाकिस्तान ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, रसिदले एक्लैले लिए तीनै विकेट

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ। बलर रसिद खानको घातक बलिङसामु पाकिस्तान ‘ए’ को शीर्ष क्रम धर्मराएको छ।

खानले सातौं ओभरको चौथो बलमा हैदर अलीलाई खनालको हातबाट क्याच आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए। अलीले १७ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाएका थिए। उनी आउट हुँदा पाकिस्तान ‘ए’ को स्कोर ३६ रन थियो।

पाकिस्तान ‘ए’ को तीनै विकेट रसिद खानले एक्लैले लिएका हुन्। यसअघि उनले पहिलो ओभरको पाँचौं बलमा ओपनर श्यामल हुसेनलाई ६ रनमा मायन यादवको हातबाट क्याच आउट गराएका थिए भने पाँचौं ओभरको अन्तिम बलमा अर्का ओपनर माज सदाकतलाई १३ रनमा बोल्ड गरेका थिए।

विज्ञापन

ताजा अवस्थामा पाकिस्तान ‘ए’ ले ७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३८ रन बनाएको छ। अहिले क्रिजमा कप्तान अब्दुल समद २ बलमा २ रन र हसन नवाज ४ बलमा खाता नखोली खेलिरहेका छन्।

नेपालका लागि रसिद खानले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिएका छन्। यस्तै, नन्दन यादवले २ ओभरमा १३ रन र अभिषेस गौतमले १ ओभरमा मात्र १ रन दिएका छन्।

कतारको दोहामा जारी ५० ओभरको यो डे-नाइट खेलमा पाकिस्तान ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।