समाज

१४ सिटे ईभी ‘तन्काएर’ १८ सिटे बनाउने ४ सवारी कारबाहीमा

सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी अवैध सिट जडान गरी सञ्चालन गरिएका चारवटा विद्युतीय (ईभी) गाडीलाई मकवानपुरको भीमफेदीमा कारबाही गरिएको छ।

१४ सिट क्षमताका ती गाडीमा ४-४ वटा अवैध सिट थपिएको पाइएपछि प्रहरीले जनही १० हजार रुपैयाँका दरले कुल ४० हजार रुपैयाँ जरिवाना गर्दै थपिएका सिटसमेत निकालेको हो।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै मंगलबार इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले भीमफेदी गाउँपालिका-६ स्थित चेकप्वाइन्ट अगाडि सवारी जाँच गरेको थियो। जाँचका क्रममा मापदण्डविपरीत सिट थपेर सञ्चालन गरिएका चार ईभी गाडी फेला परेका हुन्।

विज्ञापन

प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम जरिवाना गरिएको हो। जरिवानासँगै स्थानीय सञ्चारकर्मीहरूको रोहबरमा गाडीबाट अतिरिक्त सिटहरू निकालिएको छ।

कारबाहीमा पर्नेमा बा.प्र.०८-००१ ज ००४२, बा.प्र.०१-००२ ज ६२३९, बा.प्र.०१-००२ ज ७००६ र बा.प्र.०१-००२ ज ६९८१ नम्बरका ईभी गाडी रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।