समाज

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित उच्चस्तरीय विज्ञान तथा नीति संवादमा नेपालले जलवायु परिवर्तनका कारण नेपाली किसानले भोगिरहेका समस्या प्रस्तुत गरेको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालका लागि जलवायु परिवर्तन बढ्दो तापक्रम वा वैज्ञानिक अध्ययनको विषयमा मात्र सीमित नरहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकी हुन्। यसले किसानको बाली नष्ट हुने, परिवारले प्राकृतिक विपद्को सामना गर्नुपर्ने, समुदायले घरबास गुमाउने तथा प्राकृतिक र सांस्कृतिक सम्पदा लोप हुँदै जाने गम्भीर अवस्था सिर्जना गरेको उनको भनाइ थियो।

उनले विज्ञानमा आधारित ज्ञानलाई समयमै नीति तथा व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन र जोखिममा रहेका समुदायसम्म जलवायु वित्त तथा आवश्यक सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिन्।

विज्ञापन

त्यसैगरी, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य नेपालको जीवन, जीविकोपार्जन र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै मन्त्री चौधरीले जलवायु संकट न्यूनीकरणका लागि तत्काल ठोस कदम चाल्न आह्वान गरिन्।

मन्त्री चौधरीको सम्बोधनले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता जोखिमपूर्ण मुलुकका किसान, समुदाय र प्राकृतिक सम्पदाको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी कार्यान्वयनको आवश्यकता पुनः उजागर गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।