झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ उक्त सफारीको ठक्करबाट उनको निधन भएको हो।
ठक्करबाट टाउकामा चोट लागेर घाइते राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा त्यहाँ निधन भएको थियो। घटनापछि प्रहरीले सफारीका चालक मेचीनगर–१५ कै ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।