सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत अध्यक्ष पदमा नियुक्तिसम्बन्धी सिफारिस समितिले शनिबार सूचना प्रकाशन गर्दै इच्छुक तथा योग्य व्यक्तिलाई दरखास्त पेस गर्न आह्वान गरेको हो।
प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले इच्छुक उम्मेदवारले आगामी मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।