समाज

गाँजासहित भारतीय दुई नागरिक पक्राउ

प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित भारतीय दुई नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बैशाली जिल्ला, ग्राम चरबाजे निवासी २४ वर्षीय सत्यम कुमार र बाबन घाट निवासी २० वर्षीय रोहन कुमार छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभुसन यादवका अनुसार शुक्रबार उनीहरुलाई राप्ती नगरपालिका– १ लोथरबाट पक्राउ गरिएको हो।

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा कन्टेनरको अगाडिको भागमा चालक सिटको पछाडि क्याबिनमा फल्स बटम (गोप्य ठाउँ) बनाई लुकाइछिपाई राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको उनले बताए।

विज्ञापन

प्रहरीले कन्टेनर र कन्टेनर चालक सत्यम र सह चालक रोहनलाई नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।