जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
दुर्घटनामा चन्दननाथ नगरपालिका-७ महतगाउँका ४२ वर्षीय हेमबहादुर महतको मृत्यु भएको हो।शुक्रबार साँझ करिब ६ बजे चन्दननाथ नगरपालिका-६ महतगाउँस्थित सडकखण्डमा जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले महतलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको थियो।उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे महतलाई मृत घोषणा गरेका थिए।दुर्घटनापछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएका छन्।

प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ। ठक्कर दिने सरकारी मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा रहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।