समाज

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

बिहीबार बिहान ७ः४५ बजेतिर कारागारको पर्खाल नाघेर उनी फरार भएको पर्सा प्रहरी प्रमुख एसपी पवान भट्टराईले बताएका छन्।

फरार भएका कैदी पोखरिया नगरपालिका सतवरियाका सुनिल साह रहेको भट्टराईले बताए। १४ वर्ष कैद सजाय पाएका साहले अब दुई वर्ष मात्रै कैद भुक्तान गर्न बाँकी थियो।

विज्ञापन

कारागारका कर्मचारी तथा सुरक्षाकर्मीको विश्वासपात्र रहेका उनी बिहान सरसफाइ गर्ने क्रममा फरार भएको र उनको खोजी गर्न तालिमप्राप्त कुकुरसहित एसपी भट्टराई आफै खटिएका छन्।

फरार कैदीलाई खोज्नको लागि वीरगन्जमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।