पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्।
कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन्।
जबर्जस्ती करणी मुद्दाका कैदी साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजीलाई तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

वीरगञ्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी भारततर्फ भाग्नसक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी र सुरक्षा जाँच कडा पारिएको छ। रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।