राजनीति

मौसमी छिचिमिरासँग कोही पनि डराउनु हुँदैन : केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताएका छन्।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले बर्खायाममा निस्कने छिचिमिराको आयु लामो नहुने बताए। ‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ। कतिपय आफैँ भुइँमा झर्छन्,’ अध्यक्ष ओलीले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ।’

अध्यक्ष ओलीले समाजलाई सबै भ्रमहरूबाट मुक्त गर्ने कामको अगुवाई एमालेले गर्ने बताए। समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनर्जागरण गराउने कामको नेतृत्व एमालेले गर्ने उनको जिकिर छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।