राजनीति

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनीको जग्गा सट्टापट्टा प्रकरणमा मुछिएपछि आयोगले मंगलबार उनीहरूविरुद्ध मुद्दा अघि बढाएको हो।

सन् २००९ (२०६६ साल) मा माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा बढी रहेको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो। इटहरीबाट विराटनगर जोड्ने मुख्य सडकमा रहेको उक्त जग्गा बिक्री गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गरिएको आरोप छ।

विज्ञापन

अख्तियार स्रोतका अनुसार उक्त निर्णय प्रक्रियामा मन्त्रिपरिषद्को सामाजिक समिति जिम्मेवार देखिएको र तत्कालीन समितिका सदस्य रहेका रिजाललाई समेत प्रतिवादी बनाइएको छ। यस प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्का अन्य सदस्य र मालपोत कार्यालयका कर्मचारीहरूलाई पनि प्रतिवादी बनाइएको छ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले अख्तियारबाट आरोपपत्र प्राप्त भएको पुष्टि गर्दै अहिले कागजात रुजु गर्ने काम भइरहेको जानकारी दिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।