समाज

मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो

मकवानपुरमा यात्रुबाहक ईभी गाडी दुर्घटनामा परेको छ। बिहीबार बिहान ५ः४५ बजे भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीका लागि जाँदै गरेको यात्रुबाहक ईभीमा चालकसहित १३/१४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय भिमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाको ११ जनाको टोली उद्धारका लागि खटिएको छ।

विज्ञापन

हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनामा परेकाहरूको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।