राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
रास्वपाले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
एउटै टोलका पाँच परिवारका सदस्य गुमाउनुपरेको घटनाले स्थानीय समुदायमा अपूरणीय क्षति पुर्याएको पार्टीले जनाएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलले विज्ञप्ति जारी गर्दै सडक दुर्घटनालाई केवल व्यक्तिगत वा पारिवारिक पीडाका रूपमा मात्र नभई राज्यको यातायात सुरक्षा प्रणाली र सार्वजनिक जवाफदेहितासँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताए।
‘यस दुःखद घटनाको सन्दर्भमा पार्टी दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न र शोकसन्तप्त परिवारलाई तत्काल राहत तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछ’,विज्ञप्तीमा भनिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।