समाज

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

२०८३ कात्तिक २८ गते दिउँसो करिब १:४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको CH01CM9437 नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी करिब ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याइएकोमा उपचारकै क्रममा क्रमशः दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए। पछाडि सवार मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया तथा नेपालगञ्ज पठाइएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी महम्मदपुरबाट प्रहरी सहायक निरीक्षक मोहन चन्दको कमाण्डमा ट्राफिकसहित ९ जनाको टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्दीप बेलबासेको कमाण्डमा थप ७ जनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका दुवै सवारीसाधन घटनास्थलमै रहेका छन्। दुवै सवारीसाधन चल्न नसक्ने अवस्थामा रहे पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।