समाज

पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो

जेठोबुढो धान भित्र्याउने मुख्य समयमा साँझ पोखरामा परेको एक्कासि बेमौसमी वर्षाले काटेर खेतमै सुकाउन राखिएको धान डुबाइदिएको छ। घाम लागिरहेका बेला अचानक ठूलो पानी पर्दा धान भिजेर नोक्सान हुने चिन्तामा किसान परेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कास्कीको पोखरा विमानस्थलस्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी २५.४ मिलिमिटर वर्षा मापन भएको छ।

पोखरा महानगरपालिकाको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले अगौटे धान अधिकांश किसानले थन्काइसके पनि जेठोबुढो धान भित्र्याउने समयमा वर्षा हुँदा समस्या आएको बताए।

विज्ञापन

‘यतिबेला अधिकांश किसान जेठोबुढो धान थन्काउने तयारीमा थिए। यही समयमा पानी परेपछि धान खेतमै भिजेको छ,’ कडरियाले भने, ‘भोलिदेखि घाम लाग्यो भने त्यति धेरै क्षति नहुन सक्छ। तर, धान लामो समय भिजिरहे हकुवा हुने सम्भावना बढी हुन्छ।’

बेमौसमी वर्षाले पोखराका कसेरी, सनुपदेली, ढाव र ठूम्रीबोटलगायत क्षेत्रका किसानले खेतमा काटेर राखेको धान भिजाएको छ।

पोखरा-१३ आर्वाका श्रीराम सिग्देलले कसेरी र सनुपदेली फाँटमा हिजो र आज काटेर राखेको धान पूरै पानीमा डुबेको बताए। उनका अनुसार उक्त क्षेत्रका करिब ७५ प्रतिशत किसानले पछिल्ला दुई दिनमै धान काटेका थिए।

‘घाम लागिरहेकाले पानी पर्ला भन्ने ख्याल गर्न सकिएन। अहिले २०-२२ मुरी फल्ने धान सबै काटेर राखेका थियौँ,’ सिग्देलले भने। यता, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अझै हल्का वर्षा भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।