अर्थतन्त्र

दोधारा चाँदनी झोलुंगे पुल बनाउन पाँच करोड बजेट माग

कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुंगे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ।

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ।

यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुंगे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग रु पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए।

विज्ञापन

‘माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न सकेका छैनौँ’, योजना प्रमुख बुढाथोकीले भने, ‘नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ।’

पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो।

टोलीले पुलमा रु सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने अनुमान गरेको थियो।

यहाँ आएको प्राविधिक टोलीले पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ। दोधारा चाँदनी झोलुंगे पुल पर्यटकीय गन्तव्यका रुपमा पनि मुलुकमै परिचित पुलमा पर्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।