समाज

तलब माग्दा एम्बुलेन्स चालक कुटिएको आरोप, गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा

काम गरेको तलब तथा भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालकलाई गाउँपालिका अध्यक्षले हातपात गरेको आरोप लागेको छ। हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीमाथि एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोप लागेको हो।

बिहीबार दिउँसो तलब तथा भत्ता माग्न कार्यालय पुगेका चंखेली गाउँपालिका–४ निवासी २९ वर्षीय सिंहमाथि अध्यक्ष शाहीले हातपात गरेको आरोप छ। सिंह विगत ५–६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

विज्ञापन

डीएसपी खड्काले हालसम्म अध्यक्षविरुद्ध औपचारिक उजुरी नपरेको जानकारी दिए। उजुरी परेमा अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

हातपातमा परेको आरोप लागेका चालक सिंहलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।