राजनीति

छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीकपर्व भएको बताएका छन्।

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै कार्कीले छठ पर्व आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानको प्रतीक भएको बताएका हुन् ।

सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित यस पर्वले मानव जीवन र प्रकृतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उनको भनाइ छ।उनले छठ पर्वले नेपालको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण गर्दै सामाजिक सद्भाव, आपसी एकता, प्रेम र भाइचारालाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

विज्ञापन

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान बोकेको नेपाली समाजमा छठ पर्वले सांस्कृतिक विविधताबिच एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावना बलियो बनाएको मुख्यमन्त्री कार्कीले बताएका छन्।

कोशी प्रदेश सरकारले सबै जातजाति, धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान, संरक्षण तथा संवर्द्धन गर्दै विविधताबिचको एकतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको कार्कीले जनाएका छन्।

आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक सद्भावको प्रवर्द्धन र समावेशी समाज निर्माणका लागि सरकार निरन्तर क्रियाशील रहने उनले बताएका छन्।

मुख्यमन्त्री कार्कीले छठ पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध, शान्तिपूर्ण र समुन्नत समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।