विविध

चुनाव हारेपछि गाउँका ५० सडक बत्ती ‘गायब’, स्थानीय आक्रोशित

भारतको राजस्थानमा पञ्चायत समितिको चुनावमा उम्मेदवार पराजित भएपछि गाउँमा जडान गरिएका करिब ५० वटा सडक बत्ती हटाइएको घटनाले स्थानीयवासी आक्रोशित भएका छन्।

टोंक जिल्लाको पीप्लु पञ्चायत समितिको वडा नम्बर २ मा भाजपा उम्मेदवार प्रियंका शर्मा चुनाव लडेकी थिइन्। उनी निवाईका विधायक रामसहाय वर्माका निजी सहायककी पत्नी हुन्। स्थानीयका अनुसार दीपावलीअघि गाउँका विभिन्न बस्तीमा करिब ५० वटा सडक बत्ती जडान गरिएको थियो। तर, प्रियंका चुनावमा पराजित भएको केही घण्टामै ती बत्ती हटाइएपछि विवाद सुरु भएको हो।

स्थानीय वडा पञ्च कजोड प्रजापतका अनुसार शुक्रबार साँझ विद्युत निगमको टोली गाडी लिएर आएर सडकका पोलमा जडान गरिएका बत्ती खोल्न थालेको थियो। सबै बत्ती गाडीमा राखेर लगिएको स्थानीयको भनाइ छ। गाउँलेहरूले विरोध गर्दा विद्युत निगमका कर्मचारीले ती बत्ती अवैध रूपमा जडान गरिएको भन्दै हटाएका थिए।

विज्ञापन

बत्ती हटाइएपछि स्थानीयले विद्युत निगमको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले बत्ती नियमविपरीत जडान गरिएका थिए भने चुनावअघि नै किन कारबाही गरिएन भन्दै प्रश्न गरेका छन्। चुनावी नतिजा सार्वजनिक भएलगत्तै मात्रै बत्ती हटाउनुको कारण पनि उनीहरूले खोजेका छन्।

स्थानीयले अन्य क्षेत्रमा पनि यस्तै बत्ती जडान गरिएको भए पनि आफ्नो वडामा मात्रै किन हटाइयो भन्दै असन्तुष्टि जनाएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। हनिफगंज र कुम्हारों की ढाणी क्षेत्रमा बत्ती हटाइएपछि विरोध चर्किएको छ।

यता, पीप्लु विद्युत निगमका एईएन गोवर्धन चौधरीले अवैध रूपमा जडान गरिएका बत्ती हटाउन विभागले टोली परिचालन गर्ने बताएका छन्। स्थानीयले भने बत्ती कसको अनुमतिमा जडान गरिएको थियो र हटाउने निर्णय कसको निर्देशनमा भयो भन्नेबारे स्पष्ट पार्न माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।