राजनीति

चीन भ्रमणमा गएका नेताहरूको सोच अझै पुरानै स्वार्थमा केन्द्रित : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चीन भ्रमणमा गएका नेताहरूको सोच र चिन्तनप्रति असन्तुष्टि जनाएका छन्।

चीन भ्रमणमा गएका नेताहरूले मुलुकका लागि केही नयाँ कुरा सिकेर फर्कने अपेक्षा गरे पनि सार्वजनिक अडियोमा सुनिएका कुराले निराश बनाएको उनले बताएका छन्।

‘दुःख लागेको छ! चीन भ्रमणमा जानुभएका माननीयहरूले मुलुकका लागि केही नयाँ सिकेर फर्कनुहुनेछ भन्ने अपेक्षा थियो। तर सार्वजनिक अडियोका कुरा सुन्दा सोच र चिन्तन अझै पुरानै स्वार्थमा केन्द्रित देखिन्छ,’ भण्डारीले सामाजिक सञ्जालमार्फत भनेका छन्।

विज्ञापन

उनले देशले युवा गुमाएको, राष्ट्रिय सम्पत्ति खरानी भएको र सत्ता परिवर्तन भए पनि नेताहरूको चेतनामा परिवर्तन नआएको टिप्पणी गरे।

‘देशले युवा गुमायो, राष्ट्रिय सम्पत्ति खरानी भयो, सत्ता बदलियो तर पनि चेतना फेरिएन,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।