राजनीति

देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता र भलाकुसारी भएको बताउँदै तस्बिर सेयर गरेका छन्।

देउवासँगको भेटपछि सामाजिक सञ्जालमार्फत थापाले २०८२ भदौ २३ र २४ गतेको घटनाअघि, पछिको अवस्था र हालसम्मको राजनीतिक परिस्थितिबारे देउवा स्पष्ट रहेको उल्लेख गरेका छन्।

‘देउवासँग सात क्लिक! नेपाली कांग्रेस १.० का सभापति तथा पाँच पटक देशको प्रधानमन्त्री रहिसक्नुभएका आदरणीय शेरबहादुर देउवासँग महत्वपूर्ण भेट र भलाकुसारी भएको छ,’ उनले भने, ‘२०८२ भदौ २३ र २४ अघि, पछि र हालसम्मको विश्लेषण, समीक्षा र मूल्यांकन गर्दा उहाँ बुझ्नुपर्ने विषय र तथ्यमा एकदम स्पष्ट हुनुहुन्छ।’

विज्ञापन

उनले देउवालाई राजनीतिका उकाली–ओराली, भञ्ज्याङ र देउराली सबै देखेभोगेका अनुभवी नेताका रूपमा चित्रण गरेका छन्।

‘सबैका नियत र नियति देख्नु/भोग्नुभएको छ। राजादेखि रङ्कसम्मका यावत् मान, सम्मान, अपमान र भुक्तमान खेपेर पनि निराश हुनुहुन्न। ८० वर्षको उमेरमा पनि जोसिलो हुनुहुन्छ,’ थापाले लेखेका छन्।

थापाले देउवा फरक पार्टी र सम्बन्धका व्यक्तिसँग पनि खुलेर मनका कुरा राख्न सक्ने अवस्थामा रहेको बताए। उनले देउवाको अहिलेको मुख्य जोड कांग्रेस १.० को १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा रहेको बताएका छन्।

‘रूख चिह्न पाउनु नै मुख्य हो भन्नेमा उहाँ स्पष्ट र दृढ हुनुहुन्छ,’ थापाले लेखेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।