रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूसँग रुसले ‘सकारात्मक साझेदारी’ गर्न चाहेको बताएका छन्।
रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार एपेक सम्मेलनमा बोल्दै पुटिनले रुसलाई यस क्षेत्रको ‘अभिन्न हिस्सा’ बताएका हुन्।
उनले रुस विश्वका लागि खुला रहेको र आफ्नो अर्थतन्त्रलाई थप मजबुत बनाउँदै लगेको बताए।

रुसका राष्ट्रपति पुटिनले ठूलो परिमाणमा खाद्यान्न तथा मलखाद आपूर्तिको प्रसंग उल्लेख गर्दै यस क्षेत्रमा रुसले महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
त्यस्तै, रुस क्षेत्रीय साझेदारहरूसँग कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिसम्बन्धी विज्ञता तथा अनुभव साझा गर्न तयार रहेको पनि उनले बताए।
आफ्नो सम्बोधनको अन्त्यमा पुटिनले एपेक सम्मेलनको अन्तिम संयुक्त घोषणापत्रलाई समर्थन गरे।
पुटिन करिब नौ वर्षपछि एपेक सम्मेलनको पारिवारिक सामूहिक तस्बिर (फ्यामिली फोटो) मा सहभागी हुँदैछन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।