उदयपुरको चौदण्डीगढी नगरपालिका-१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा धनकुटाको धनकुटा नगरपालिका-५ का अन्दाजी २२ वर्षीय रोजन परियार रहेका छन्।
शनिबार दिउँसो पौने १ बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र ०२-०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा दिउँसो २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको र उनका आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी गणेश बमले बताए।
ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका-१० का २६ वर्षीय शोभितमान बस्नेत र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बमले जानकारी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।