राजनीति

आईजिपीमाथि खनिए ओली, भने : केपी ओली, शेरबहादुर, प्रचण्ड मजाकका पात्र हुन् यिनका ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आईजीपीविरुद्ध आक्रोश पोखेका छन्।

आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आईजीपीप्रति आक्रोश व्यक्त गरेका हुन्।

‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म। आईजीपीको बोली यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु,’ ओलीले भने, ‘केपी ओली, शेरबहादुर, प्रचण्ड मजाकका पात्र हुन् यिनका?’

विज्ञापन

उनले आफूहरू पञ्चायती व्यवस्था, राणाशासन र निरंकुशताविरुद्ध संघर्ष गरेर आएको स्मरण गराउँदै प्रहरी प्रमुखको अभिव्यक्तिप्रति आपत्ति जनाए।

‘६ महिनाको जागिर खाने सिपाहीले भन्छ, फलानालाई थुन्दिन्छु, ठट्टामजाक गरेको हो? तिनी जन्मिनु अगाडिदेखि आन्दोलनमा देशका लागि बाजी थापेर हिँडिराखेका छौँ। मजाक गर्ने हामीमाथि?’ उनले प्रश्न गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।