राजनीति

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालीले अर्थमन्त्री वाग्लेलाई त्यस्तो स्थान दिनुपर्ने काम नगरेको बताएका छन्। ‘अमेरिकामा मध्यावधि ब्लुवेभ आयो भन्नासाथ टाइमले वाग्लेलाई जलवायु सय बनाएछ। नेपालीले उनलाई बीस पनि दिनु पर्ने काम गरेको छैन,’ उनले भने।

यस्तै, नेपालमा अर्को विपत्ति आयो भने टाइम म्यागेजिनले वाग्लेलाई एक नम्बर बनाउला भन्दै कटाक्ष समेत गरेका छन्।

विज्ञापन

उनले लेखेका छन्, ‘यहाँका मिडियाले पनि गरेकै छन्। अर्को डिजास्टर आयो भने एक नम्बर बनाउला।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।