राजनीति

अमेरिका–नेपालबीच विपद् प्रतिकार्य र बाढीपीडित पहिचानबारे छलफल

गृहमन्त्री सुदन गुरुङ र नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य तथा बाढी प्रभावितको पहिचानका विषयमा छलफल भएको छ।

बिहीबार भएको भेटमा नेपालमा विपद् व्यवस्थापनका लागि अमेरिका–नेपाल सहकार्य तथा गत अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका अमेरिकी र नेपाली नागरिकको पहिचान गर्ने जारी प्रयासबारे छलफल भएको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकाले नेपालमा बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग परिचालन गरिरहेको जनाएको छ। उक्त सहयोगसँगै अमेरिकी उपकरण, प्रविधि र प्राविधिक विशेषज्ञतामार्फत नेपालका पहिलो उद्धारकर्तालाई सहयोग पुर्‍याइरहेको दूतावासको भनाइ छ।

विज्ञापन

भेटका क्रममा विपद्का बेला उद्धार तथा प्रतिकार्य क्षमता थप प्रभावकारी बनाउने र प्रभावित समुदायलाई पुनःस्थापनामा सहयोग गर्ने विषयमा समेत जोड दिइएको छ।

अमेरिकी दूतावासले नेपालसँगको सहकार्यले बाढीबाट प्रभावित समुदायलाई पुनःस्थापित हुन सहयोग पुगिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।