ब्रेकिङ न्युज
विज्ञापन
समाज

प्रधानमन्त्रीको निर्देशनपछि केही घट्ने भयो हवाई भाडा

चाडपर्वको मौका छोपेर आन्तरिक उडानमा अस्वाभाविक भाडा बढाइएको गुनासो आएपछि वायुसेवा कम्पनीहरू स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि नियामक निकाय र वायुसेवा सञ्चालकबीच यस्तो सहमति जुटेको हो।

प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको थियो।

विज्ञापन

उक्त छलफलमा क्यान र वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच सरकारले तोकेको स्वीकृत भाडादरभन्दा सस्तो मूल्यमै टिकट बिक्री वितरण गर्ने निर्णय भएको छ।

सहमति अनुसार कम्पनीहरूले छुटसहितको भाडादरबारे आफ्ना आधिकारिक बिक्री वितरण प्लेटफर्ममार्फत सूचना प्रकाशन गर्नुपर्नेछ।

यसअघि २०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको थियो।

सोही पुरानो दरको उच्चतम सीमालाई आधार बनाएर कम्पनीहरूले चाडपर्वमा महँगो भाडा असुलेको गुनासो बढेपछि सरकारले हस्तक्षेप गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।