राजनीति

अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्।

कांग्रेसको देउवा समूहको ललितपुरको १५औं नियमित जिल्ला अधिवेशनको आज महालक्ष्मीस्थानमा उद्घाटन गर्दै उनले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताए।

पार्टीभित्रका विवाद र विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान गर्नुपर्ने देउवाको भनाइ थियो।

विज्ञापन

कांग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले पार्टीको इतिहास र विरासतको सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापाले पार्टीको आन्तरिक एकता, नियमित महाधिवेशन र सक्षम नेतृत्व चयनमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।